गैर-आवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न झनै सहज

गैर-आवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न झनै सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंक विदेशी विनिमय विभागले इजाजतपत्रप्राप्त (क) वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका (ख) वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र जारी गर्दै खाता खोल्न र संचालनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर–आवासीय नेपालीहरूवाट न्यूनतम अमेरिकी डलर एक हजार वा सो बराबरको निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको छ । यस अघि गैर–आवासीय नेपालीहरूले न्यूनतम अमेरिकी डलर पाँच हजार निक्षेप राख्नु पर्ने ब्यबस्था थियो । त्यस्तै न्युनतम मौज्दात १ हजार डलर हुनुपर्ने छ । यस अघि ५ हजार डलर न्युनतम मौज्दात हुनुपर्ने ब्यबस्था थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्फत गैर आवासीय नेपालीले डलर खाता खोल्न पाउने व्यवस्था गरेको थियो । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत खाता खोल्न झनै सहज बनाउन लागेको हो । केहि वाणिज्य बैंकहरुले एनआरएन बचत खाता संचालनमा समेत ल्याइसकेका छन् । वित्तीय क्षेत्रमा तरलताको अभाव रहेको अवस्थामा गैर आवासीय नेपालीलाई डलरमा खाता खोल्न सक्ने व्यवस्था गरेसँगै विदेशी मुद्रा भित्रिने अपेक्षा राष्ट्र बैंकको छ ।

गैर आवसीय नेपालीको नाममा खाता खोल्दा तथा संचालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्र भए पुग्ने छ । वा गैर–आवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वेदशी वा विदेशी) भए पनि खाता खोल्न सकिनेछ ।

त्यस्तै साबिकमा स्वयम वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहीपछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानीरनागरिकता सहित त्यस्तो प्रमाणित हुने कागजात तथा उल्लिखित कुनै एक कागजातसहित नाता प्रमाणित हुने कागजातको आधारमा नाबालकको नाममा समेत यस्तो खाता खोल्न तथा सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले गैर आवासीय नेपालीलाई डलरमा खाता खोल्न सक्ने व्यवस्था गरेसँगै विदेशी मुद्रा भित्रिने अपेक्षा बढेको छ । राष्ट्र बैंकका अनुसार त्यस्तो निक्षेप खातामा बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्नेछ। उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ प्रणालीमार्फत नै फिर्ता गर्नुपर्नेछ।

केहि वाणिज्य बैंकहरुले गैर–आवासीय नेपाली (एनआरएन) लाई लक्षित गर्दै आकर्षक सुविधासहितका निक्षेप खाताहरु संचालनमा ल्याइसकेका छन । विदेशमा बस्ने गैर–आवासीय नेपालीले अनलाइनबाटै विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउन्डस्टर्लिङ र अष्ट्रेलियन डलरमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज दिने योजना बैंकहरुले सार्वजनिक गरेका छन ।