बैकिङ्ग समाचार छैटौं वर्षमा प्रवेश

बैकिङ्ग समाचार छैटौं वर्षमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

बैकिङ्ग समाचारले पाँचौ वसन्त पार गरी आजबाट छैटौँ वसन्तमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बैंकिङ्ग समाचारका प्रवन्धक निर्देशक सरिता थापाले सम्पुर्ण पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरुमा धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो ।

बैंकिङ्ग समाचारले बैंक तथा वित्तीय संस्थाका विभिन्न क्रियाकलापहरुलाई जनतासामु पुर्याउनुका  साथै वित्तीय ज्ञान प्रवाह गर्न महत्वपूर्ण भुमिका खेलेको छ ।

बार्षिक उत्सवको अवसरमा बोल्दै सम्पादक मनोज रेग्मीले बैंकिङ्ग समाचारलाई आगामी दिनहरुमा थप उत्तरदायी बनाउँदै लैजाने र वित्तिय ज्ञान प्रवाहलाई थप तिब्रता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।