महालक्ष्मी विकास बैंकको अध्यक्षले लिए पद तथा गोपनियताको सपथ

महालक्ष्मी विकास बैंकको अध्यक्षले लिए पद तथा गोपनियताको सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेड का अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम फागुन १६ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक विशेष समारोह बीच उपाध्यायलाई डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

बैंकको फागुन १३ गते सम्पन्न भएको बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय सहित संजय गिरी र दिपक कुमार रौनीयार तथा सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रmपेन्द्र पौडेल सञ्चालक निर्वाचित भएका थिए । सोही दिन बसेको सञ्चालक समितीको ५१८ औं बैठकले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

साथै बैंकका अध्यक्ष उपाध्यायले साधारण सभाबाट निर्वाचित भएका अन्य सञ्चालकहरु सञ्जय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रmपेन्द्र पौडेललाई पद तथा गोपनियताको सपथ लिएका छन् ।