बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमति भएको छ । बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सम्झौता सम्बन्धि एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णा प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका थिए । एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यम हाल लाखौं ग्राहक आधार छ । जुन उद्योगमा उच्चतम मध्ये एक हो ।
हाल बैंकले आफ्ना ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया