साविक सानिमा लाइफको शेयरको ‘लक इन’ साउन २९ मा सकिँदै

साविक सानिमा लाइफको शेयरको ‘लक इन’ साउन २९ मा सकिँदै


काठमाडौं – साविक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको हाल (सानिमा रिलायन्स लाइफ) को १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ अवधि साउन २९ गतेपछि सकिने भएको छ । सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर रहेको छ।

सोमध्ये साविक सानिमा लाइफका संस्थापक तर्फको १ करोड ४० लाख र कर्मचारीहरूको ३ लाख कित्ता शेयर ‘लक इन’ रहेको छ। साविक सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड आपसमा मर्ज भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड को नामबाट २०७९ चैत्र ९ गतेदेखि एकीकृत कारोबार शुरू गरेका थिए ।