काठमाडौं – बीमालेख धितो कर्जा बिमितहरूले बीमा कम्पनीहरूबाट खरिद गरेको जीवन बीमालेख धितो राखी लिइने कर्जा हो। यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार भने फरक–फरक हुने गर्दछ। साधारणतया बीमा कम्पनीहरूले कर्जा वितरण गर्दा बीमितहरुले बीमा कम्पनीमा भुक्तानी गरेको बीमा शुल्कको आधारमा सरेन्डर भ्यालु निकालिन्छ र सोही मूल्याङ्कनको आधारमा ऋण दिइन्छ।
बीमितले बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा तीन वर्षसम्म बीमा शुल्क (प्रिमियम) तिरेको हुनुपर्छ। तीन किस्तासम्म बीमा शुल्क तिरेका बीमितले बीमा कम्पनीबाट बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ती धितो नराखीकन नै ऋण प्राप्त गर्न सक्छन्। बीमितले बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुन्जेलसम्म भने बीमा पोलिसी त्याग गर्न पाउने छैनन्। बीमा समितिले तोकेको प्रावधानअनुसार बीमितले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सकिन्छ।
यो पनि :
बीमालेख धितो राखेर लिइएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तान गर्न सकिन्छ। बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै आफूले लिएको सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ। बीमा कम्पनीले ऋण नतिर्दै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आएको खण्डमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बिमित नभएको खण्डमा बीमितले इच्छाएको व्यक्तिलाई उपलब्ध गराइन्छ। बीमालेख धितो राखेर लिइने ऋणको ब्याजदर भने बीमा कम्पनीहरुले नै आआफ्नै फरक खालका ब्याजदर तोकेका हुन्छन्। बीमालेख धितोमा एकैदिनमा ऋण पाइन्छ भने ब्याज भने प्रत्येक तीन तीन महिनामा भुक्तानी गर्नु पर्दछ।
यो पनि:
प्रतिक्रिया