निर्यात प्रवर्द्धन र पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल

निर्यात प्रवर्द्धन र पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धन र पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आज उद्योग मन्त्रालयमा आयोजित निजी क्षेत्रसँग छलफल कार्यक्रममा बोल्दै ढकालले भारतबाट आउने वेडिङ पर्यटकलाई नेपालले प्राथमिकतामा राख्नुपर्ने र गहना लाएर आउनेलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

साथै, उनले आर्थिक मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा उभिँदा अर्थतन्त्र अघि बढ्न सक्ने बताएका छन् । ‘यसका लागि एकल सेवा बिन्दु केन्द्रलाई सबल र सक्षम बनाउनुपर्छ । यो निकायलाई शक्तिशाली बनाउन सकेमा विदेशी लगानी र स्वदेशी लगानी ल्याउन समस्या पर्दैन’ ढकालले भने ।