साताको शेयर बजार : अर्थमन्त्री पौडेलको आगमनसँगै उछाल 

साताको शेयर बजार : अर्थमन्त्री पौडेलको आगमनसँगै उछाल 


काठमाडौं – यो साता शेयर बजारका लागि निकै खास रह्यो । नयाँ सत्ता समीकरणपछि अर्थमन्त्रीको रूपमा विष्णु पौडेल आएसँगै लगानीकर्तामा उत्साहको माहौल सिर्जना भयो। मौद्रिक नीति लचिलो आउने संकेत, ब्याजदर निरन्तर ओरालो लाग्नु र अर्थतन्त्र सकारात्मक बन्दै जाँदा शेयर बजारका लगानीकर्तामा उत्साह छाएको हो। शेयर बजारका लगानीकर्ताले रुचाएका व्यक्ति अर्थ मन्त्रालयको जिम्मेवारीमा आएसँगै मार्केटमा रौनक देखियो । अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै शेयर बजारलाई देशको अर्थतन्त्रको ऐनको रूपमा हेर्ने बताए त्यसले बजारमा थप राैनकता थप्याे।

यस्ताे छ याे साताकाे काराेबार:

करिब ५३ अंक नेप्से बढ्दा, ७ अर्ब माथिको कारोबार

आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको बृद्धि भएको थियो। त्यसदिन शेयर बजार नेप्से परिसूचक ५२ दशलमव ९७ अंकले बढेर २,२५७ को विन्दुमा पुगेको थियो । आइतबार २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ अंकले घटेको थियो। त्यसदिन ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसदिन सबैभन्दा धेरै जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। आइतबार सबैभन्दा धेरै रिडी पावर र माण्डु हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका थिए ।

शेयर बजारमा सामान्य करेक्सन
सातको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा सामान्य करेक्सन देखियो । सोमबार शेयर बजार नेप्से परिसूचक १७ दशलमव १८ अंकले घटेर २,२४० को विन्दुमा कायम भएको थियो । त्यसदिन ५६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको शेयर घटेको थियो । सोमबार ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। सोमबार सबैभन्दा धेरै अपर तामाकोशीको ३७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । सोमबार सबैभन्दा बढी सिभिल बैंक डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले कमाएका थिए।

७० अंकले बढेको शेयर बजारमा ९ अर्ब माथिको कारोबार

साताको तेस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार भारी अंकले बढेको थियो । मंगलबार शेयर बजार नेप्से परिसूचक ७० दशलमव १८ अंकले बढेर २,३१० को विन्दुमा कायम भएको थियो। मंगलबार २३४ कम्पनीको शेयर मूल्य बढ्दा ८ कम्पनीको शेयर मूल्य घटेको थियो । मंगलबार ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको थियो । त्यसदिन सबैभन्दा धेरै ङादी ग्रुप पावरको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । एनआरएनको १८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

साताको चौथौ कारोबारको दिन बुधबार , ५४ अंकले बढेको बजारमा १२ अर्ब ५ करोड माथिको कारोबार

साताको चौथौ कारोबारको दिन बुधबार पनि शेयर बजारमा उछाल आयो। बुधबार नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर २,३६४ दशलमव ६३ को विन्दुमा पुगेको थियो। त्यसदिन २०४ कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको शेयर मूल्य घटेको थियो । बुधबार दिनभर ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो त्यसदिन सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको थियो । त्यस कम्पनीको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसदिन सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका थिए ।

करिब ६० अंकले बढेको बजारमा १५ अर्ब ५४ करोड माथिको कारोबार

साताको अन्तिम कारोबारका दिन शेयर बजारमा भारी अंकले बृद्धि भएको थियो। बिहीबार शेयर बजार नेप्से परिसूचक ५९ दशलमव ६८ अंकले बढेर २४२४ को विन्दुमा कायम भएको थियो। त्यसदिन १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको थियो। यसदिन ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको थियो । बिहीबार सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको थियो।

साताकाे सुरूकाे काराेबारकाे दिन आइतबार २,२५७ को विन्दुबाट सुरू भएकाे शेयर बजार अन्तिम दिनसमम आइपुग्दा २४२४ को विन्दुमा पुग्याे । समग्रमा याे साता शेयर बजारमा १६७ अंककाे वृद्धि देखियाे।