‘सुरक्षित विद्युतीय कारोबार कसरी गर्ने ?’ के भन्छ राष्ट्र बैंक

‘सुरक्षित विद्युतीय कारोबार कसरी गर्ने ?’ के भन्छ राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
विद्युतीय उपकरणको माध्यमबाट कारोबार गर्दा विभिन्न अपराधिक व्यक्ति वा समुहले विभिन्न माध्यम प्रयोग गरी ग्राहक ठगी गरिरहेको गुनासो बढेपछि नेपाल राष्ट्र बैंकले सावधानी अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समय डिजिटल भुक्तानीमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा अपरिचित व्यक्तिलाई कुनैपनि माध्यम बाट आफ्नो गोप्य पासवर्ड, ओ.टि.पि वा अन्य सम्वेदनशिल जानकारी नदिन राष्ट्र बैंकले आग्रह गरेको हो ।

यस विषयमा बोल्दै राष्ट्र बैकका उप–प्रवक्ता तथा सुचना अधिकारी नारायण प्रसाद पोखरेल भन्नुहुन्छ, ‘धेरै जना सर्वसाधरणहरुलाई डिजिटल कारोबार गर्दा आफ्नो पसपोर्टहरु गोप्य राख्नु पर्छ भन्ने जानकारी भएकै छ । त्यस अतीरिक्त अहिले विभिन्न सामाजिक सञ्जालहरुले सञ्चार सुविधा छिटो–छरितो भएको छ त्यस्ता सामाजिक सञ्जालका माध्यमहरुमा आफ्नो डिजिटल कारोबारको पासवर्ड सेयर गर्न हुदैन, कतै पनि टिपेर राख्नु हुदैन । कहिलेकाहीँ कस्ता सम्म समस्या आउछन भने, सामाजिक सञ्जालमा आफ्ना आफन्त जस्तै नजिकको हुने गरी साथी बन्ने र कुराकानी गर्दै जाने र त्यसपछि कुनै अत्यावश्यक भएको कारण देखाई सर्वसाधरणको इन्टरनेट तथा मोबाइल बैंकिङ्ग युसरनेम, पासवोर्ड आवश्यक पर्याे भन्दै माग्ने र त्यसको प्रयोग गरी सर्वसाधारण ठग्ने तथो पैसा चोरी गर्ने सम्मको कार्य हुन्छ ।’

डिजिटल कारोबार गर्दा ठगीन बाट बच्न अनाधिकृत एपहरु आफ्नो मोवाइल वा अन्य डिभाइसमा डाउनलोड नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ । अनाधिकृत एप मोवाइलमा डाउनलोड गर्दा आफ्नो सम्बेधनशिल सुचनाहरु अपराधिक समुहले पत्ता लगाउन सक्ने भएकोले सचेत हुन राष्ट्र बैंकले भनेको हो । 

यस्तै, राष्ट्र बैंकले वाणिज्य बैंकहरु सँग सात लाख रुपैया वा सो भन्दा बढीको नगदमा भएका कारोबारहरुको पूर्ण विवरण उपलब्ध गराउन पनि ताकेता गरिसकेको छ ।