एनएमबि लघुवित्तमा जागिरको अवसर

एनएमबि लघुवित्तमा जागिरको अवसर


काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै ५० जना कर्मचारी मागेको हो।

कम्पनीले सहायक प्रशिक्षार्थीका लागि कोशि प्रदेशबाट १५ जना, मधेश प्रदेशबाट ७ जना, बाग्मती प्रदेशबाट ६ जना, गण्डकी प्रदेशबाट ९ जना, लुम्बिनी प्रदेशबाट ६ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदुरपश्चिम प्रदेशबाट ४ जना कर्मचारी माग गरेको छ। जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाण पत्र उत्तिर्ण हुनुपर्ने याेग्यता ताेकिएकाे छ।

योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार २८ गते) ले १५ दिन भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिनु पर्नेछ।