महानगरद्वारा ४४ मनोरञ्जन व्यवसायीलाई कर तिर्न आग्रह 

महानगरद्वारा ४४ मनोरञ्जन व्यवसायीलाई कर तिर्न आग्रह 


काठमाडौं – काठमाडौं महानगरपालिकाले  क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ। मंगलबार एक सूचना निकाल्दै महानगरको राजस्व विभागले मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई ३५ दिनभित्र कर तिर्न आग्रह गरेको हो।

विभागका अनुसार बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था छ। तोकिएको समयभित्र जरिवानासहित कर नबुझाए आर्थिक ऐन २०५० को दफा २१ बमोजिम कारबाही गरिने विभागले जनाएको छ। मनोरञ्जन स्थलमा प्रवेश बापत प्रतिटिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था रहेको छ।