बीमा ज्ञान : नेपालमा बीमाको विकास 

बीमा ज्ञान : नेपालमा बीमाको विकास 


काठमाडाैं – बीमा जोखिम हस्तान्तरणको माध्यम वा जोखिम व्यवस्थापनको एक महत्त्वपूर्ण औजार हो। पछिल्लो समय बीमाको आवश्यकतासँगै बीमा सम्बन्धी चेतना पनि बढ्दो क्रममा छ। बीमा शब्दको उत्पत्ति ४५०० ईश पूर्व तिर वेविलोनिया, ग्रीस तथा रोमबाट भएको भन्ने गरिए पनि औपचारिक रूपमा पहिलो जीवन बीमाको सुरुवात सन् १५८३ मा लण्डनमा विलियम गिव्वन्स नाम गरेका सामुन्द्रिक क्याप्टेनको जीवन बीमा बीमा लेख जारी गरेपछि भएको पाइन्छ ।

जर्मनीमा सन् १८८४ मा स्वास्थ्य बीमा सुरु गरेर सामाजिक सुरक्षा को थालनी गरिएको थियो भने बेलायतमा सन् १९०८ मा राष्ट्रिय बीमा कानुन लागू गरिएको थियो। सामाजिक बीमा, सामाजिक सहायता र श्रम बजार हस्तक्षेप जस्ता सामाजिक सुरक्षाका विभिन्न तरिकाहरूमध्ये सामाजिक सुरक्षाको नाममा सामाजिक बीमाको अभ्यास नेपालमा वि.सं. १९९३ बाट सैनिक द्रव्य कोषको स्थापना भएसँगै सुरु भएको हो।

बीमाको महत्त्व र आवश्यकता बढ्दै जाँदा नेपाल सरकारले राज्यको आफ्नै बीमा कम्पनी आवश्यक भएको महसुस गरी वि सं. २०२४ सालमा राष्ट्रिय बीमा संस्थान प्रा.लिको स्थापना गर्याे

नेपालमा वि.सं. २००४ असोज ८ गते ‘नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड’ को स्थापना भएसँगै निर्जीवन बीमा व्यवसायको सुरुवात भएको पाइन्छ। बीमाको महत्त्व र आवश्यकता बढ्दै जाँदा नेपाल सरकारले राज्यको आफ्नै बीमा कम्पनी आवश्यक भएको महसुस गरी वि सं. २०२४ सालमा राष्ट्रिय बीमा संस्थान प्रा.लिको स्थापना गर्याे । सो कम्पनीलाई वि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ जारी गरी सरकारी कम्पनीका रूपमा राष्ट्रिय बीमा संस्थानका रूपमा परिवर्तन गरियो। निर्जीवन बीमा व्यवसाय मात्र गर्दै आएको यस कम्पनीले वि.स. २०२० सालबाट जीवन बीमा व्यवसाय पनि प्रारम्भ गर्‍यो। वि.सं. २०४४ सालमा नेपालमा पहिलोपल्ट निजी क्षेत्रको सक्रियतामा विदेशी लगानीमा संयुक्त लगानीको बीमा कम्पनी स्थापना भयो ।

जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने उद्देश्यका साथ नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भएको थियो। हाल उक्त कम्पनी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने अलग अलग (दुई) कम्पनीमा विभाजन भैसकेको छ। वि.सं. २०४६ सालको राजनीतिक परिवर्तन पश्चात् बनेको सरकारले उदार अर्थनीति अवलम्बन गर्‍यो ।

जर्मनीमा सन् १८८४ मा स्वास्थ्य बीमा सुरु गरेर सामाजिक सुरक्षा को थालनी गरिएको थियो भने बेलायतमा सन् १९०८ मा राष्ट्रिय बीमा कानुन लागू गरिएको थियो।

जसअनुरूप सार्वजनिक उद्योगहरू निजीकरण गर्ने क्रमसँगै निजी क्षेत्रलाई अन्य उद्योग जस्तै बीमा उद्योगमा आकर्षित गर्ने नीति सरकारले लिएसँगै बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ कार्यान्वयनमा आयो। तत्पश्चात् नेपालमा निजी क्षेत्रको स्वामित्वमा बीमा कम्पनीहरू स्थापना हुने लहर नै चल्यो । 

बीमा बजारमा कार्यरत कम्पनी 
आ.व. २०७८/ ०७९ सम्ममा जीवन बीमा कम्पनी १९, र्निजीवन बीमा कम्पनी २० र पुनर्बीमा कम्पनी गरी नेपालमा कूल ४१ वटा बीमा कम्पनी रहेका थिए । नेपाल बीमा प्राधिकरणले बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन, बीमकहरूले पुँजी वृद्धि गर्नुपर्ने प्रावधान ल्याएसँगै बीमकहरू गाभ्ने र गाभिने भयाे । परिमाण स्वरूप हाल जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बीमा कम्पनी २ र लघुबीमा कम्पनी ७ गरी कूल ३७ वटा बीमा कम्पनीहरू कार्यरत रहेका छन् ।