सशस्त्र प्रहरीमा रोजगारको अवसर

सशस्त्र प्रहरीमा रोजगारको अवसर


काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेकाे छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै रिक्त रहेका पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

बलले रिक्त रहेको साधारण समूह, कानून उपसमूह, लेखा उपसमूह र प्राविधिक समूहतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न भर्ना खुलाएको हो ।

बलले कानूनमा ८ जना, लेखामा २९ जना र प्राविधिकतर्फ ११ जना गरी जम्मा ४८ जनाका लागि दरबन्दी खुलाएको छ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले साउन २० गतेसम्म र दोब्बर दस्तूर तिरी साउन २७ गतेसम्म अनलाईन मार्फत वा स्वयं उपस्थित भई दरखास्त फाराम बुझाउन सकिनेछ ।