प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

यो शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने छन्। उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।