२ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै सेन्ट्रल फाईनान्स

२ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै सेन्ट्रल फाईनान्स


काठमाडौं– सेन्ट्रल फाईनान्स लिमिटेडले २ लाख संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले शेयरधनिले मात्रै किन्न पाउने गरी बेनुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

सो शेयर किन्न चाहनेले ३५ दिनभित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्केट्समा निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।