काठमाडौं – गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार खगराज अधिकारीले सहकारी संस्थाहरुमा नराम्रो गर्न खोज्नेहरु टिक्न नसक्ने बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘राजनीतिक दलभित्र पनि सहकारी अर्थतन्त्रको एउटा खम्बा सहकारी हो भन्ने नबुझ्ने पनि छन् । केही सहकारी संस्थाहरुले नराम्रा पनि गरेका छन् । गलत कामको ढाकछोप गर्न जो जो लाग्नु हुन्छ उनीहरुलाइ कारबाही हुनुपर्छ । सहकारी बढिरहने भएकाले सहकारी ढुक्कले अगाडी बढ्छ । सहकारीमा नराम्रो काम जसले गर्छ उ सहकारीमा टिक्न सक्दैन ।’
त्यस्तै, उनले सरकारले सहकारीको अनुगमन नगरेको समेत आरोप लगाए। उनले भने, ‘अनुगमनको काम सरकारले नै गरेको छैन । सहकारीको बदनाम गराउनेहरु कहिले पनि यस क्षेत्रमा नफर्किनु होला। यस क्षेत्रलाइ राम्ररी अगाडी बढ्न दिनु होला।‘
प्रतिक्रिया