काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल परेको कारण उडान तथा अवतरण प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार प्वाल टाल्ने काम करिब २० मिनेटमा सकिने छ ।
प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको हो । यसअघि पनि जेठ ११ गते धावनमार्गको कोटेश्वर (०.२) भागको पीचमा प्वाल परेपछि ४५ मिनेट उडान रोकिएको थियो ।
प्रतिक्रिया