मनकामना स्मार्ट लघुवित्तद्धारा बोनस शेयरबापत लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह

मनकामना स्मार्ट लघुवित्तद्धारा बोनस शेयरबापत लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह


काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बोनस शेयरबापत लाग्ने कर तिर्न संस्थाको शेयरधनीलाई आग्रह गरेको छ । आज एक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०७७/७८ को बोनस शेयरका लागि करबापतको रकम जम्मा गर्न शेयरधनीहरूलाई आग्रह गरेको हो ।

करबापतको रकम जम्मा गरेपछि मात्रै बोनस शेयर हितग्राही खातामा जम्मा गरिने संस्थाले बताएको छ । २०७८ पुस १९ गते सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि १७ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।