काठमाडौं– कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष चन्द्रबहादुर लामा (सिबी) लाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेस काभ्रेका नेतासमेत रहेका लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
गत फागुनमा लामा सहित ११ जना सञ्चालकविरुद्ध बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो।
प्रतिक्रिया