काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा हरेक नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउँने तयारी गरेको बताएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आवद्ध गर्दै लगिने बताए । उनले बैंकको निवृत्तिभरण र बीमालाई परिचय पत्रसँगै विस्तार गरेर लैजाने बताए ।
प्रतिक्रिया