यो साता शेयर बजारका लागि कस्तो रह्यो ? 

यो साता शेयर बजारका लागि कस्तो रह्यो ? 


काठमाडौं – यो सातामा जम्मा चार दिन मात्रै शेयर कारोबार भएको छ । चार दिन मात्रै कारोबार भएको शेयर बजार यो साताका लागि निकै उत्कृष्ट रह्यो । अघिल्लो साताको शुक्रबार नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको अनुमान गर्न सकिन्छ । गएको शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थाले एक वर्ष पुगिसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसअघि एक प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था रहेको थियो । शुक्रबारको मौद्रिक नीति समीक्षाको प्रभाव स्वरूप आइतबार शेयर बजारमा उछाल छाएको थियो । आइतबार शेयर बजार परिसूचक नेप्से ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको थियो । 

साताको पहिलो कारोबारको दिन

आइतबार साताको पहिलो दिन आइतबार शेयर बजार २.२६ प्रतिशत बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेर नेप्से परिसूचक २०६४ अंकमा पुगेको थियो। यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भएको थियो। सबै क्षेत्रका सूचकहरू बढ्दा विशेष गरी बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ४.३८, निर्जीवन बीमा ३८१, अन्य समूह २.७६ र बैंकिङ्ग २.६३ प्रतिशत बढ्दा, विकास बैंक १.६२, फाइनान्स १.०७, होटल तथा पर्यटन १.३५, हाइड्रोपावर १.२५, लगानी १.२९, उत्पादन १.६८, माइक्रो फाइनान्स १.३६ तथा व्यापार समूह ०.५५ प्रतिशत बढेको छ । आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढेको थियो । माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ । पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्ट माइक्रो फाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रह्यो ।

साताको दोस्रो कारोबारको दिन

साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको थियो । सोमबार शेयर बजार नेप्से परिसूचक २७ दशलमव ५४ अंकले बढेर २ हजार ९२ को विन्दुमा पुगेको थियो । १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको थियो । सोमबार दिनभरमा ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस दिन सबैभन्दा धेरै पोखरा फाइनान्सको १९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । सीईडिबी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । फस्र्ट माइक्रोफाइनान्सको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो भने  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार थियो ।

गएको शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षामा बैंक तथा वित्तीय संस्थाले एक वर्ष पुगिसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसअघि एक प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था रहेको थियो । शुक्रबारको मौद्रिक नीति समीक्षाको प्रभाव स्वरूप आइतबार शेयर बजारमा उछाल छाएको थियो ।

तेस्रो कारोबारको दिन शेयर बजार 

साताको तेस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । त्यस दिन नेप्से परिसूचक १५ दशलमव ५४ अंकले बढेर २ हजार १३१ को विन्दुमा कायम भएको थियो । सो दिन ८१ कम्पनीको शेयर मूल्य बढेको थियो भने १६१ कम्पनीको शेयर मूल्य घटेको थियो । दिनभरमा ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेरुडे मिर्मिरे लघुवित्तको २४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । साथै, पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । सीईडिबी हाइड्रोको १७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार थियो । त्यस्तै, मंगलबार सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपालका लागनीकर्ताले कमाएका थिए । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनएमबि लघुवित्तका लगानीकर्ताले ८ दशलमव ४७ प्रतिशतका दरले कमाएका थिए । सो दिन सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका थिए । त्यस दिन सो कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका थिए ।

समग्रमा भन्दा यो साता शेयर कारोबार गर्नेहरुका लागि सुःखद नै रहेको देखिन्छ। केही समय विभिन्न कारणले उतारचढाव आएको शेयर बजार जेठ १ को नीति तथा कार्यक्रमदेखि केही सुधार भइरहेको लगानीकर्ताहरूले बताउँदै आएका छन्।

साताको अन्तिम कारोबारको दिन शेयर  

साताको शेयर कारोबार हुने अन्तिम दिन अर्थात् बिहीबार बुद्ध जयन्ती/उभौली पर्व रहेकोले यो सातामा शेयर कारोबारको अन्तिम दिन बुधबार नै भयो । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । त्यस दिन नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २ हजार ११५ को विन्दुमा कायम भएको थियो । बुधबार १९४ कम्पनीको शेयर मूल्य बढेको थियो भने ४३ कम्पनीको शेयर मूल्य घटेको थियो । दिनभरमा ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको थियो । जुन दिन यस कम्पनीको २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। सीईडिबी हाइड्रोपावरको १२ करोड ९९ लाख रुपैयाँको बराबरको, कालिका पावर कम्पनीको १२ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस्तै, धेरै जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । बुधबार यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका थिए । बुद्धभुमि नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका थिए भने सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका थिए । 

समग्रमा भन्दा यो साता शेयर कारोबार गर्नेहरुका लागि सुःखद नै रहेको देखिन्छ । केही समय विभिन्न कारणले उतारचढाव आएको शेयर बजार जेठ १ को नीति तथा कार्यक्रमदेखि केही सुधार भइरहेको लगानीकर्ताहरूले बताउँदै आएका छन् ।