काठमाडौं – साताको पाँचौ कारोबारको दिन अर्थात् बुधबार पनि शेयर बजारमा हरियाली छाएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अकंले घटेर २१३१.४९ बिन्दुमा पुगेको छ। बुधबार ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ।
बुधबार चार उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ्ग समूहको ४.२३ प्रतिशत, विकास बैंक समूहको ०.३३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९० प्रतिशत र म्युचुअल फण्डको ०.३६ प्रतिशतले शेयर मूल्य बढेको हो।
साताको अन्तिम कारोबारको दिन दुई कम्पीको शेयरमा सकारात्मक सर्किट लागेको हो। आज सामुदायिक लघुवित्त र बुद्धभुमि नेपालको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया