५ अर्बको आन्तरिक ऋण उठाउदै सरकार

५ अर्बको आन्तरिक ऋण उठाउदै सरकार


काठमाडौँ- सरकारले ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आज अर्थात जेठ ७ गते १८२ दिनको ट्रेजेरी बिल बोलकबोल हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो।

सोमबार नै कार्यालयले ३७ अर्ब ७३ करोड रुपैयाँमध्ये ३२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ ।

कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँ, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण तथा ५ अर्बको नयाँ ट्रेजरी र १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

उक्त ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।