१ हजार युवालाई स्टार्टअप बिजनेसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको निर्णय 

१ हजार युवालाई स्टार्टअप बिजनेसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको निर्णय 


काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२ मा कम्तीमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ। आज मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो  बताएका छन् । 

सरकारले नयाँ व्यवसाय सञ्चालन गर्ने युवा–युवतीहरूको सहजताको लागि तीनै तहका सरकारसँग समन्वय गरी सातै प्रदेशमा कार्यालय स्थापना गरी आवश्यक सेवा प्रदान गर्ने योजना रहेको बताए।

साथै, आर्थिक वर्षभित्र १ हजार युवालाई स्टार्टअप विजनेशमा सहभागी गराउन सहुँलियतपूर्ण कर्जाको व्यवस्था गरिने राष्ट्रपति पौडेलले बताए।