मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं- मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको जनाएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५५ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन पेस गर्न सक्नने कम्पनीले जनाएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अघि बढाउने संस्थाले जनाएको छ।