८० लाख लुटेको आरोपमा जनकपुरबाट २ जना पक्राउ

८० लाख लुटेको आरोपमा जनकपुरबाट २ जना पक्राउ


काठमाडौं– सहकारी लुटेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ परेका छन्। जनकपुरधामस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाकाे कर्मचारीबाट ८० लाख लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर रहेका छन्।

पक्राउ परेका महतो र कापरले यही वैशाख ४ गते बैंकबाट रकम झिकेर सहकारी कार्यालय जाँदै गरेका संस्थाका कर्मचारीका रकम लुटेका थिए। उनीहरुले कर्मचारी विरेन्द्र कुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटेका थिए। पक्राउ परेकाहरुबाट प्रहरीले केही रकम समेत बरामद गरेकाे छ।