काठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मुनाफा ५५.३२ प्रतिशतले बढेर ४७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सो कम्पनीको मुनाफा ३० करोड ६० लाख रुपैयाँमा सीमित रहेको थियो ।
यसअवधिमा कम्पनीको ब्यवसाय २८.३२ प्रतिशतले बढेर ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय २ अर्ब ४३ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४३ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २८.३२ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै कम्पनीले १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १५.५७ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया