सरकारले अनिवार्य गरेको मोटर बीमामा क्षतिपूर्तिको कस्तो व्यवस्था रहेको छ ? 

सरकारले अनिवार्य गरेको मोटर बीमामा क्षतिपूर्तिको कस्तो व्यवस्था रहेको छ ? 

नमुना के. सी.
154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मोटर बीमा अरू बीमाको तुलनामा बढी प्रचलनमा रहेको बीमा योजना हो। जति–जति सवारी साधनको प्रयोग बढ्छ । त्यति नै दुर्घटनाको जोखिम पनि बढ्दै जाने गर्दछ। यस्ता दुर्घटनाहरू बाट हुने क्षतिलाई निवारण गर्न मोटर बीमाको विकास भएको हो। सवारी साधनको बढ्दो प्रयोग तथा अनिवार्य बीमा गर्नुपर्ने सरकारको नीतिले गर्दा निर्जीवन बीमा कम्पनीहरूको  व्यवसायमा मोटर बीमाको उल्लेख्य मात्र रहेको पाइन्छ।

मोटर बीमाले बिमितलाई आइपर्ने क्षतिलाई बहन गरेर सहजीकरण गरे पनि विभिन्न कारणवश बिमितले क्षति पश्चात दाबी प्रस्तुत गर्दा समेत कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने आरोप विगत लामो समय देखी लागिरहेको पाइन्छ। बीमा प्राधिकरणको उप निर्देशक विरोध भट्ट भन्छन्, मोटर बीमाको क्षतिपूर्ति पाइएन भन्ने गुनासो बीमा कम्पनीले भुक्तानी नगरेर होइन्,बीमितले राम्रो सँग बीमालेख नपढेर गु्नासो आउने गरेको उनको बुझाइ छ। उनी भन्छन्,‘बीमितहरुले सबै कन्डिसन राम्रो सँग बुझेर, पढेर बीमा गर्ने र क्षति भए पछि पनि सबै कागजपत्र बीमा कम्पनीलाई बुझाउने हो भने यस्तो गुनासो आउँदैन ।’

उनी थप्छन ‘बीमाको कुरा कतिपयले बुझेको हुँदैनन्। कतिपय कुरा टेक्निकल हुने गर्छन् सबैले बुझ्छ भन्ने हुँदैन्।’यस्तो अवस्थामा प्राधिकरण सँग सम्पर्क गर्नुभयो भने हामी सहज तरिकाले बुझाउछौ ।’ उनले भने,फागुन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा लेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका छन्। कम्पनीहरूले समग्र रूपमा कुल ११ लाख ३६ हजार ४७३ वटा मोटर बीमा लेख बिक्री गरी कुल आठ अर्ब १७ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क  आम्दानी गर्न सफल भएका छन्। 

कस्तो अवस्थामा कति क्षतिपूर्ति पाइन्छ ? 

मोटर बीमाको हकमा बीमितको दुर्घटना भएको खण्डमा एउटा आँखाको दृष्टिपूर्ण रुपले क्षति भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा दुई लाख पचास हजार क्षतिपूर्ति पाउने छन्।बीमित स्थायी रुपले पूर्ण अशक्त भएमा, निको नहुने गरी दुवै आँखाको दृष्टि क्षति भएमा, दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टिपूर्ण रुपले क्षति भएमा पाँच लाख क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ।

सवारी हाँकिरहेको व्यक्ति वा बीमित घाइते भई उपचारको लागि अस्पतालमा भर्ना भएको प्रमाणित भएमा त्यस्तो अवधिको लागि प्रति दिन पाँच सय रुपैयाँको दरले बढिमा पैँतालीस दिनसम्मको कुरुवा खर्च औषधी उपचार खर्च बीमा कम्पनीले दिनुपर्ने व्यवस्था रहेको छ। दुर्घटना स्थलबाट वा प्रारम्भिक चिकित्सा अस्पतालबाट अर्को अस्पतालमा लैजानुपर्ने भएमा १० हजार वा वास्तविक खर्च जुन कम हुन्छ सम्बन्धित एम्बुलेन्सको बिलको भुक्तानी दिइनेछ र यस्तो खर्च औषधोपचारको सीमा भित्र रहनेछ। सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्युभएमा क्रिया  खर्च बापत प्रति मृतक पचास हजार रुपैयाँ बीमकको कूल प्रति मृतक दायित्व पाँच लाख रुपैयाँको सीमा भित्र रही बीमकले तत्काल भुक्तानी दिनेछ।

कस्तो अवस्थामा भुक्तानी पाइँदैन ? 

चालकले मादक पदार्थ सेवन गरेको कारण पुगेको क्षति, हानी नोक्सानीमा दाबी रकम पाइँदैन। साथै हुलदंगा, हडताल, आतंककारी, विध्वंसकारी कार्य सम्बन्धी सम्पुष्टिहरू जारी नगरेमा पनि क्षतिपूर्ति पाउन सकिँदैन । कुनै पनि दाबी जालसाजीपूर्ण भएमा वा दाबीको सिलसिलामा झुटो बयान दिई बीमितले वा निजको तर्फबाट काम गर्ने अधिकार प्राप्त कुनै व्यक्तिले यो बीमालेख अन्तर्गत कुनै अनुचित लाभ उठाउन खोजेमा वा जानीजानी बीमित बीमित वा अन्य कुनै व्यक्तिको मिलेमतोमा कुनै क्षति, हानि नोक्सानीको घटना घटाएमा पनि बीमकले दाबी भुक्तानी गर्दैन । आफैले जानाजान लगाएको चोट, मादक पदार्थ वा लागू पदार्थको सेवनबाट दुर्घटनामा परी त्यसको परिणाम स्वरूप भएको हानि नोक्सानी बापत बीमकले कुनै क्षतिपूर्ति दिने छैन।