साेमबारकाे विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

साेमबारकाे विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं–  सोमबारका लागि नेपाल राष्ट्र  बैंकले विभिन्न देशकाे विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको  छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिद दर १४२.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४२.६३ रुपैयाँ रहेको छ।

सोमबारका लागि केन्द्रीय बेंकले बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६२ रुपैयाँ तोकेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९१ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९८ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ। 

हेर्नुहोस् सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?