२० अर्बको आन्तरिक ऋण नवीकरण हुँदै

२० अर्बको आन्तरिक ऋण नवीकरण हुँदै


काठमाडौं– रु. २० अर्ब ४९ रुपैयाँको आन्तरिक ऋण नवीकरण हुने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैशाख ११ गते रु. ३० अर्ब ४९ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। जसमा रु. २० अर्ब ४९ रुपैयाँको नवीकरण गरिने र रु. १० अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी गरिने कार्यालयले जनाएको छ।

कार्यालयले २८ दिने ट्रेजरी बिलअन्तर्गत ५ अर्ब रुपैयाँको नवीकरण गर्ने छ भने ५ अर्बकै नयाँ जारी गर्नेछ। त्यस्तै ९१ दिनेअन्तर्गत ५ अर्ब ४९ रुपैयाँको नवीकरण गर्नेछ भने ५ अर्ब रुपैयाँको नयाँ जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः जेठ ८ गते र साउन ८ गते परिपक्व हुनेछन्।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।