काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बेंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेकाे छ। शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। यस्तै,आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसामा झरेको छ।
अघिल्लो कारोबारको दिन (शुक्रबार) पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको थियो। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ।
हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
प्रतिक्रिया