काठमाडौं– प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने दिन अन्तिम आज रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० का लागि ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि वैशाख ७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी मात्रै लाभांश प्राप्त गर्न सभामा सहभागी हुन पाउनेछन् । सभा आगामी वैशाख २० गते कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुनेमा बिहान १० बजे सुरु हुनेछ ।
प्रतिक्रिया