काठमाडौं– नेपाल राष्ट्र बैंकले वैशाख ५ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ।
मंगलबार खरिद दर १३३.२३ रुपैयाँ र बिक्री दर १३३.८३ रुपैयाँ थियो । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।
हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
प्रतिक्रिया