रूची, लगाव र सीपको समिश्रण ‘बेकर्स डेन’

रूची, लगाव र सीपको समिश्रण ‘बेकर्स डेन’


काठमाडौं– आर्थिक समृद्धिका बहुआयमिक पाटोलाई समेटेर अगाडि बढ्नुपर्ने नेपाल जस्तो देशका लागि ‘स्टार्टअप’ बिजनेस नयाँ खम्बा बनेको हुन्छ । देशमा एकथरी केही गर्न सकिदैन भन्ने मानसिकताका मान्छे छन्, भने अर्काथरी देशमै नयाँ केही गरेर उद्यमी बन्ने दौडमा छन् ।

परिणामस्वरुप विदेश जानेको भिड देखी केही पर थोरै संख्यामै सही नयाँ सम्भावनाको बृक्षारोपण भइरहेको छ । यस्तै उदाहरण मध्येको एक हो ‘बेकर्स डेन’ । बेकर्स डेनको मुख्य उद्देश्य ग्राहकलाई पारिवारिक हब बनाउनु हो। लगन, रुची र दृढ इच्छाशक्ति भएपछि जुनै पनि काम सुरुवात गर्ने सम्भावना उजागर हुन्छ । यस्तै रुची र बेकरीको काममा आकर्षित प्रियश सापकोटाले दुई वर्ष अगाडि सुरुवात गरेका हुन् ‘बेकर्स डेन’।

यसरी सुरुवात भयो व्यावसायिक यात्रा
प्रियश सापकोटाले थाईल्याण्डको व्याङ्गकबाट एभीएसन म्यानेजमेन्टमा चार वर्षे कोर्ष गरेर आएपछि त्यहाँको बसाइमा कफि केक लगायत बेकरी बारेमा रुची बढाएका थिए भने सबैको स्वाद लिँदै तालिम समेत लिएका थिए ।उनी आफनो पढाइ पुरा भएपछि नेपाल फर्किएका हुन् । नेपालमा आएर आफ्नो केही गर्छु भन्ने सोचले सापकोटाले ‘बेकर्स डेन नेपाल’ सुरुवात गरे । बेकर्स डेनको आफ्नै फ्याक्ट्री छ जहाँ सबै थरीको केक, कफि लगायत सबै बेकरी आइटमहरु बनाइने गरिन्छ ।सापकोटा भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य स्वाद, गुणस्तर प्रदान गर्नु हो । ग्राहकहरुले पनि हाम्रो सेवालाई अत्यन्तै मन पराउनु हुन्छ । ‘सबै ग्राहकलाई परिवार जस्तै गरी सेवा प्रदान गरिरहेका हुन्छौ जसको कारण सबैले हामीलाई राम्रो प्रतिक्रिया दिनुभएको छ ।’

‘चुनौतीलाई सकारात्मक रुपले चिर्नु नै सफल व्यवसायीको गुण हो’
प्रियश सबै क्षेत्रमा चुनौती हुने गरेको बँताउछन् । अझ बेकरी क्षेत्रमा समस्या आएको थाहा नै नहुने उनको भनाइ छ । ‘कहिलेकाहीँ त समस्या आएको थाहा नै हुदैन । सकभर समस्या नहोस भनेर काम गर्छौं । तर मानिस हो प्रयास पछि पनि गल्तिहरु भइहाल्छन्’, उनी भन्छन्, ‘सबै व्यवसायीहरुले कुनै न कुनै चुनौतीहरुको सामना गरेका नै हुन्छन् । सय प्रतिशतमा दश प्रतिशत त समस्या आएको नै हुन्छ तर त्यो समस्यालाई कसरी समाल्ने भन्नेमा भर पर्छ ।’

‘नेपालमा काम गर्नुको फाइदा चाहिँ बेलुका घर फर्किन पाइन्छ’
व्याङ्गकको सुवर्णभूमिमा काम गरेका प्रियशसँग धेरै अनुभव छ । उनी भन्छन्, ‘बाहिरी देशमा पैसा छ, सबै सुबिधा छ तर बाहिरको जीवन रोबटको जस्तै छ । कुनै समन्वय हँदैन, परिवारको साथ माया हुदै् । नेपालमा केही गर्नुको मुख्य फाइदा काम सकेर घर फर्किन पाइन्छ ।’कुनै पनि व्यवसाय सुरुवात गर्दा कनेक्सन हुन जरुरी भएको उनको भनाइ छ । नेपालमा कनेक्सन बनाउन बाहिरी देशको भन्दा सहन भएको उनी बताउँछन् ।

सफल हुनको लागि जहाँ पनि परिक्षण गर्नुपर्ने र कुनै पनि व्यवसाय सुरुवात गर्न रुचि र जागर हुनु आवश्यक रहेको प्रियशको भनाइ छ । ‘नेपालमा व्यवसाय सुरुवात गर्न सरकारी नीतिले ढिलाई गर्दिन्छ’, उनी भन्छन्, ‘बाहिरी देशहरुमा कुनै पनि काम सुरुवात गर्न केही दिनमा सजिलै सकिन्छ तर नेपालमा काम गर्नु प¥यो भने महिनौसम्म त्यही काममा अल्झीनु पर्छ ।’

उनी बैंक वा सरकारको सहयोग बिना काम गर्ने हो भने सजिलै काम गर्न सकिने कुरामा विश्वास राख्छन् । भन्छन्, ‘आफनो व्याकअप लिएर काम गर्दा सजिलो हुन्छ ।’

प्रियशले व्यक्तिले बहुआयमिक तरिकाले काम गर्न सक्छ भन्ने गतिलो उदाहरण स्थापित समेत गरिसकेका छन् ।सबै भन्दा ठूलो कठिनाई नै सफलताको सहारा बन्छ भन्ने पनि उनको जीवनबाट बुझ्न सकिन्छ । कठिनाईलाई परीक्षाको रुपमा लिएर अगाडि बढ्दा प्रत्येक परीक्षा राम्रो अंककासाथ उत्तीर्ण गर्न सकिन्छ। त्यसकारण कर्मलाई मानिसको प्राण ठानेर निरन्तरता दिनु नै सफलताको सुत्र हो ।