काठमाडौं । उद्योग विभागका अनुसार चैतसम्म कुल २६९ वटा परियोजनाका लागि ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
चैतमा मात्रै १६ वटा परियोजनाका लागि ९६ करोड ५० लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।
यो वर्ष २५३ वटा साना, १३ वटा मध्यम र ३ वटा ठूला परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ। कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको छ। पर्यटन क्षेत्रमा १२२ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।
प्रतिक्रिया