काठमाडौं–सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीको वार्षिक साधरणा सभा यही वैशाख २१ गते विराटनगरको होटल हैरिसन प्यालेसमा हुन लागेको हो।
सभाले चुक्ता पूँजीको २४.७४ प्रतिशतका दरले हुन आउने नगद लाभांश र १०.२६ प्रतिशतका दरले हुने बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ।
साथै सभाले साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा नाेक्सान हिसाव नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले बैशाख ७ गते बुक क्लोज गर्ने भएको छ। जसअनुसार बैशाख ६ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।
प्रतिक्रिया