सुर्तीजन्य वस्तुहरुको आयात, नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्छ : सांसद झा

सुर्तीजन्य वस्तुहरुको आयात, नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्छ : सांसद झा


काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले निगरानीमा कडाइ नगरेकै कारण पनि भेव लगायतका धुम्रपानजन्य सामग्रीहरुको आयात बढिरहेको बताए।सांसद झाले समाजमा बिस्तारै परिवर्तन हुँदै गएपनि भनेजस्तो परिवर्तन हुन नसकेको जिकिर गरे। उनले धुम्रपान र मद्यपानमा सरकारले लिएको नीतिमा थप कडाइ गर्न जरुरी रहेको बताए । सांसद झाले सरकारले सुर्तीजन्य वस्तुका उत्पादकलाई बचाएर राख्नु नहुने बताए ।

उनले भने, ‘हामीले किन निगरानीमा कडाइ गर्न सकिरहेका छैनौँ । स्मोकरहरुको कुरामा मानिसहरुले यसलाई शानको रुपमा हेरिरहेको छ । समाजमा बिस्तारै परिवर्तन भइरहेको छ, तर जसरी चेन्ज भइरहेको छ त्यो पर्याप्त छैन । यसमा नीतिमा कडाइ गर्नुपर्छ, कठोरता नै लिनुपर्छ । मानिसलाई जागरुक बनाएर नियन्त्रणमा लिनुपर्छ । यसमा अभियान नै चलाउनु पर्छ । सरकारले किन यसको उत्पादकहरुलाई माया गरेर राखेको छ ?यो प्रश्न हो ।’

उनले सुर्तीजन्य वस्तुहरुको सेवन कम गर्न र आयात रोक्न एउटा अभियान नै सञ्चालन गर्न जरुरी रहेको बताए।