म्यानमारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात

म्यानमारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात


याङ्गुन–म्यानमारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३/२४ मा म्यानमारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ । यद्यपी यो निर्यात अघिल्लो आर्थिक वर्ष सन् २०२२/२३ को तुलनामा केही कमी हो । मन्त्रालयका अनुसार सन् २०२२/२३ मा म्यानमारले १० अर्ब ९४ करोड डलर बराबरका सामान निर्यात गरेको थियो ।

मन्त्रालयका अनुसार सरकारी क्षेत्रबाट तीन अर्ब ३० करोड तथा निजी क्षेत्रका उपक्रमबाट पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको निर्यात भएको छ । सन् २०२३/२४ मा सबै किसिमका सामानको कूल निर्यात भने १४ अर्ब ६० करोड डलर बराबर भएको मन्त्रालयको भनाइ छ ।

म्यानमारले कारखानाबाट उत्पादित सामग्री र कृषि उत्पादनबाट सर्वाधिक बढी वैदेशिक मुद्रा आय गर्दछ । म्यानमारले कृषि, पशु, खनिज, वन्यजन्य समेतका वस्तुहरु चीन, थाइल्यान्ड, बंगलादेश र भारततर्फ सबैभन्दा बढी निकासी गरिरहेको छ । (एजेन्सी)