काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुले सवारी कर्जामा १ खर्ब १६ अर्ब भन्दा बढी लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको फागुन महिनाको वित्त रिपोर्ट अनुसार वाणिज्य बैंकहरुले हायर पर्चेज कर्जाको शीर्षकमा १ खर्ब १६ अर्ब १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका हुन्।
यो अघिल्लो माघ महिनामाको तुलनामा ३.८५ प्रतिशतले बढी हो। माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले हाइयर पर्चेज कर्जामा कूल १ खर्ब ११ अर्ब ८७ करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए।
अघिल्लो आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्मा बैंकहरुले यस्तो शीर्षकमा १ खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।
प्रतिक्रिया