चार दिने बीमा अभिकर्ता तालिम संचालन गर्दै सलिको

चार दिने बीमा अभिकर्ता तालिम संचालन गर्दै सलिको


काठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकाे) ले अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै चार दिने बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । तालिममा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले तालिम पोखरा शाखा कार्यालमा आउदो वैशाख ११ गतेदेखि १४ गतेसम्म विहान १० बजेदेखि ५ बजेसम्म संचालन गर्न जनाएको छ।

तालिममा ३० जनाभन्दा बढी सहभागी संख्या समावेश गराउन नसकिने भएकाले पहिलो दर्ता हुन आएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।