काठमाडौं– बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ। आइतबारदेखि बढेको सुनको मूल्य बुधबार पनि बढेको हो।
आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आजको लागि एक तोला सुनको प्रतितोला मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको छ ।मंगलबार सुनको मूल्य तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्यपनि बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया