काठमाडौं– अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकिएको छ। नेपाल लेयर कुखुरापालक संघले आज (बिहीबार) देखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो।
जसअनुसार मध्यम अण्डाको मूल्य प्रतिक्रेट मूल्य ३७५ रुपैयाँ, ठूलो अण्डाको प्रतिक्रेट मूल्य ३९० रुपैयाँ र थप ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको छ। यसअघि मध्यम अण्डाको मूल्य ३६० रुपैयाँ, ठूलो अण्डाको ३७५ र थप ठूलो अण्डाको ३९० रुपैयाँ प्रतिक्रेट तोकिएको थियो।






About Us
प्रतिक्रिया