साना किसान विकास लघुवित्तले राख्यो शेयर बिक्रीमा

साना किसान विकास लघुवित्तले राख्यो शेयर बिक्रीमा


काठमाडौं–साना किसान विकास लघुवित्त वित्तीय कम्पनीले शेयर बिक्रीमा राखेको छ । कुमारी बैंकको स्वामित्वमा रहेको कम्पनीले लाख ११ हजार ४७६ कित्ता शेयर बिक्रीमा राखेको हो । साना किसान सहकारी संस्थाहरु तथा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्ने उक्त शेयर आज चैत २१ गतेबाटै बिक्रीम राखिएको हो ।

खरिद आवेदन भने २०८१ साल वैशाख २५ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

ईच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलका साथै साना किसान विकास लघुवित्तका बिर्तामोड, इटहरी, बर्दिबास, हेटौँडा, गजुरी (धादिङ), पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत), बबरमहल, लहान र अत्तरिया (कैलाली) शाखामा आवेदन दिन सक्नेछन्।