काठमाडौं–मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो एकै दिन रु. दुई हजार एक सयले बढेको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
योसँगै आज छापावाल सुनको मूल्य तोलामा रु. एक लाख ३१ हजार २०० रुपैयाँ कायम छ । तेजाबी सुन भने आज प्रतितोला रु. एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज प्रतितोला रु. १० रुपैयाँको घटेर रु. १५ सय ४५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया