काठमाडौं– बीमा व्यवसायको एक महत्वपूर्ण अंग हो, बीमा सर्भेयर । बीमा व्यवसायमा बीमा सर्भेयरका भूमिका धेरै छन् ।सर्भेयरबिना कम्पनीले बीमा दाबी भुक्तानी गर्न सक्दैन । बीमा सर्भेयरले घटनास्थलमा पुगेर क्षतिको लेखाजोखा गरेपछि मात्र बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी दिने गरेका छन् । त्यसकारण बीमा बजारमा सर्भेयरको भूमिका महत्वपूर्ण रहन्छ । सर्भेयरले स्वतन्त्र रुपमा निरीक्षण गरेर बीमित, बीमक, बीमा कम्पनी तथा बीमा समितिलाई काम गर्न सहज बनाउने गर्छन् । यस्तै सन्दर्भमा बीमा सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालसँग बैंकिङ्ग समाचारका लागि नमुना केसीले गरेको भिडियो अन्तर्वार्ताबाट सम्पादित अशं:
भिडियो अन्तर्वार्ता
बीमा सर्भेयर भनेको को हो ? नेपालमा बीमा सर्भेयर कति छन् ?
सर्भेयर भनेको बीमा गरेको क्षतिलाई निरिक्षण गरी उचित मूल्याङ्कन पश्चात त्यसको दायित्व मुल्याङकन् गर्न तोकिएको आधिकारीक व्यक्ति जसले क्षतिको मूल्याङ्कन गर्छ उसलाई बीमा सर्भेयर भनिन्छ । क्षतिको मूल्याङ्कन कर्ता अर्थात बीमा सर्भेयरलाई नेपाल सरकारको अर्थमन्त्रालय अन्तर्गत बीमा प्राधिकरणले काम गर्न अनुमति पत्र दिएका हुन्छ । अहिलेको तथ्यांकलाई हेर्ने हो भने बीमा सर्भेयरको संख्या १३०० नाघेको छ । तर फिल्डमा सक्रिय सर्भेयरको संख्या ८०० को हाराहरीमा छ ।
बीमा व्यवसायको लागि बीमा सर्भेयरको भुमिका महत्वपूर्ण हुन्छ, सर्भेयर बिना कम्पनीले दाबी भुक्तानी गर्न नसक्ने हो? स्वोभाविकरुपमा बीमा कम्पनीले आफैं घटना मूल्याङ्कन गर्दा स्वार्थको द्वन्द्व अर्थात ‘कन्फ्लीक्ट अफ् ईन्ट्रेस्ट’ हावी हुन्छ । सेवा प्रदायक र नियामक एउटै संस्था हुँदा क्षति मूल्याङ्कन सहि ढंगबाट नहुने खतरा बढ्छ । तर, बीमा सर्भेयरले क्षतिमात्र मूल्याङ्कन गर्ने भएकाले दुवै पक्षलाई न्याय मिल्छ अनि यसले बीमा कम्पनीकै बिश्वसनियता बढेर जान्छ ।
बीमा कम्पनीले निष्पक्ष निर्णय लिदैनन् भनेर बीमा सर्भेयर संघ नै सुरुवात गरेको हो ?
सर्भेयर सघं २०६० सालमा नै बनेको हो । सर्भेयर सघं खोल्नुको मुख्यकारण चाही सर्भेयरहरुले सबैले सन्तुलित रुपमा काम गर्न पाउन भनेर हो । कोही सर्भेयरले काम पाउन सकेका छैनन् भने कसैले चाहिने भन्दा बढी काम पाएका छन् । यसलाई सम्बोधन गर्न पनि आवश्यक छ । अहिले कोहि सगंठनमा आबद्ध हुनुहुन्छ र नयाँ साथीहरुलाई आबद्ध गराउन बीमक सघंले पनि सहयोग गछौं भन्नु भएको छ ।
बीमा सर्भेयरले बीमा कम्पनीसँग मिलेर बीमितलाई पीडित बनाएको आरोप पनि लाग्ने गरेको छ, त्यसैगरी सर्भेयरको काम फोटो खिच्ने मात्रै हो भन्नेपनि आरोप छ यसलाई कसरी प्रष्ट्याउनु हुन्छ ?
यसमा पूर्ण सत्यता छैन तर कसैको नियतले गर्दा कहीँ कतै चुकेको भने हुन सक्छ । सर्भेयरको काम स्पष्ट नै छ । क्षति भएपछि बीमा कम्पनीलाई थाहा हुन्छ त्यस पछि बीमा कम्पनीहरुले निरिक्षण गर्छन् । बीमा कम्पनीको सुचिमा भएको सर्भेयरलाई खबर गर्छन् । त्यसपछि बीमा कम्पनीको काम सकिन्छ । त्यसपछि सर्भेयरले ग्राहकलाई खबर गरेर घटना स्थलमा पुग्छ । घटना कस्तो प्रकारको हो प्रमाण के छ ? क्षति हुनु अघिको खर्च निकाल्छन् र क्षति भएपछि बनाउन कति लाग्छ हेरेर मूल्याकन गर्छन् । सतहमा देख्दा फोटो खिचेको मात्रै देखिन्छ तर फोटो पनि प्रक्रियागत रुपमै खिचिएको हुन्छ ।
बीमा सर्भेयरहरु सर्भे गर्न योग्य छन् भनेर कसरी मुल्याङ्कन गरिन्छ ?
बीमा प्राधिकरणले चार वटा विधा राखेको छ । एउटा कुनै पनि विषयमा स्नातक गरेको हुनुपर्ने, अर्को चाट्टर अकाउन्टेन्ट हुनु पर्ने, बीमा कम्पनीहरु र बीमा प्राधिकरणमा १० वर्ष भन्दा माथि काम गरेको हुनु पर्ने, बीमा सम्बन्धी पढेको हुनुपर्ने प्रावधान रहेको छ तत्पश्चात पनि बीमा प्राधिकरणले परीक्षा लिन्छ । बीमा प्राधिकरणले सर्भेयरहरुको उत्पादन गर्नु अघि आवश्यकता अनुसारको सुचि बनाउने त्यसपछि आव्हान गर्ने र परिक्षा लिने गर्नु उचित हुन्छ सके सम्म इन्टर्न गराउनु पर्छ भन्ने धारणा बीमा प्राधिकरणमा पनि प्रस्तुत गराएका छौ ।
बीमा सर्भेको नतिजा ढिलाइ हुनुको कारण के हो ?
क्षति भएको मितिबाट पीडितले पैसा पाएको मिति सम्मको समयलाई हामीले प्याकेज गर्नुपर्छ । क्षति भएको खवर बीमा कम्पनीलाई थाहा भएको सात धण्टा भित्र सर्भेयरलाई जिम्मा दिइन्छ त्यसमा बीमा कम्पनीले कुनै प्रकारको कन्जुस्याई गरेको हुदैन् । यसको ढिलाई किन हुन्छ भन्ने कुरालाई चाहिँ उदाहरण्का लागि एउटा सर्भेयर महेन्द्रनगरमा छ तर विर्तामोडमा घटना भयो भने कसरी भ्याउँछ त । त्यसकारण त्यस्तो परिस्थितिमा नजिक भएको सर्भेयरलाई सम्पर्क गरेर काम गर्दा छिटो हुन्छ ।
बीमा सर्भेयर क्षेत्रको डिजिटल कारोवारमा जाने तयारी कस्तो छ ?
बीमा क्षेत्र नै सबै डिजिटल प्रबिधि तर्फ अधि बढिरहेको छ । सर्भे क्षेत्रलाई पनि डिजिटल कारोवारमा प्रवेश गराउन मैले आफ्नो साथीको सहायतामा एउटा एप बनाए । मेरो अनुभवमा एपको विकास गर्नु आफैमा एकदम चुनौतीपूर्ण थियो । त्यस पछि बीमा प्राधिकरणको योजनामा हामीले यस्तो एप विकास गरेका छौ हामीलाई यो एप पूर्णरूपमा विकास गर्न समय चाहियो भनेर प्रस्ताव राखेका छौ तर व्यस्तताको कारण भेट भएको छैन । सर्भेयरहरुहरु पनि प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने कुरामा पछाडि छैनौ किनभने हामी सबै उच्च शिक्षा तथा उच्च पदमा काम गरेको अनुभव लिएर यो क्षेत्रमा काम गरिरहेका छौ । बीमा प्राधिकरणले सर्भेयरका लागि डिजिटल प्रविधि विकासका गर्न खुशी भएर लागत खर्च मात्र दिन्छौ भन्यो भने हामी ८१ सालको १ गतेबाटै डिजिटल कारोवार गर्न तयार छौं । सर्भेयरको कामलाई डिजिटाईजेसन गर्न हामीले पनि सुरु गर्न खोजेकै हो तर सरकारको प्रकृयासँग मेल खादैन भन्ने सुनिएको छ तर सर्भेयरहरु डिजिटल कारोवार गर्न पूर्ण तयार छौं।
प्रतिक्रिया