मानुषी लघुवितको साधारण सभा चैत्र ३० गते

मानुषी लघुवितको साधारण सभा चैत्र ३० गते


काठमाडौं– मानुषी लघुवित वित्तीय कम्पनी लिमिटेडले चैत्र ३० गते आफ्नो पाँचौं साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीले बनेपा नगरपालिका वडा नम्बर ७ काभ्रेपलाञ्चोकमा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजे सभा सुरु हुने जनाएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणमा आधारित अनुसूचीहरु समेत छलफल गरी पारित गरिनेछ ।

सभामा भाग लिने प्रयोजनका लागि चैत्र १९ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ भने चैत १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।