काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न शाखामा ‘ग्लोबल मनी विक’ २०२४ आयोजना गरेको छ। बैंकको ४५ भन्दा बढी शाखाहरूले आयोजना गरेका कार्यक्रमबाट ३ हजार बढी विद्यार्थी लाभान्वित भएका छन् ।
साथै, ३ सयभन्दा बढी विद्यार्थीहरूले बैंकको विभिन्न शाखाहरूमा पनि भ्रमण गरे र बैंकिङ्ग र यसका पहलहरूकाे बारेमा थाहा पाएका छन्।
बैंकले ‘ग्लोबल मनी विक’ २०२४ का कार्यक्रमहरु सबै प्रदेशका ५० भन्दा बढी स्थानहरूमा जारी राख्ने र बाँकी अवधिमा पनि विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।
प्रतिक्रिया