डिजिटल मुद्रा ल्याउन कानुन संशोधन हुँदै (विधेयक सहित)

डिजिटल मुद्रा ल्याउन कानुन संशोधन हुँदै (विधेयक सहित)


काठमाडौं– डिजिटल मुद्रा ल्याउन कानुन संशोधनको प्रस्ताव अघि सारिएको छ। प्रतिनिधि सभामा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस सम्बन्धी व्यवस्था गरिएको हो ।

उक्त विधेयकमा डिजिटल मुद्रालाई परिभाषा खण्डमा राख्दै भनिएको छ, ‘डिजिटल मुद्रा भन्नाले राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झनुपर्छ ।’

प्रचलित ऐनको परिच्छेद ७ मा बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन सम्बन्धी व्यवस्था छ। यस परिच्छेद अन्तर्गत दफा ४९ मा बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न सक्ने सम्बन्धी व्यवस्था छ।

साथै यस दफामा थप व्यवस्था प्रस्ताव गर्दै विधेयकमा डिजिटल मुद्रा स्वीकार गर्ने तथा भुक्तानी दिने सम्बन्धी प्रावधान राखिएको छ । डिजिटल मुद्राको प्रयोग तथा प्रवर्द्धन गर्नका लागि यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।