काठमाडौं– नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल नियुक्त भएका छन् । संघको चैत ७ गते सम्पन्न भएको आठौं वार्षिक साधारण सभाले प्रभु इन्स्योरेन्स लिमिटेडका संचालक समेत रहेका मल्ललाई अध्यक्षमा नियुक्त गरेको हो ।
सभाबाट आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति पनि बनेको छ । कार्यसमितिको उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला नियुक्त भएका हुन् ।
कार्यसमिति सदस्यमा भने युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याललाई सभाले नियुक्त गरेको हो । ।
प्रतिक्रिया