काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज २६ सय रुपैयाँले बढ्दै सुनले नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय मूल्यमा कारोबार भइरहेको छ।
आज तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसै गरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधवार प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया